झापा र सुनसरीका १८ जना कोरोना संक्रमित डिस्चार्ज

image मङ्गलबार, जेष्ठ २० २०७७
image

काठमाडौं । झापा र सुनसरीका १८ जनाले कोरोना जितेका छन् । झापाका १७ र सुनसरीका एक जना पुरुष बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट डिस्चार्ज भई घर फर्किएका हुन् ।

पछिल्लो दुई पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएपछि सोमबार राति उनीहरुलाई डिस्र्चाज गरिएको कोभिड अस्पतालको आइसोलेशन वार्डका प्रमुख प्रा.डा संजिवकुमार शर्माले बताए ।

कोरोना जितेकाहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक गौरीशंकर साहलगायतका चिकित्सकहरुले पुष्पगुच्छा दिएर विदाई गरेका थिए ।

उनीहरुमा दुई हप्ता अघि कोरोना संक्रमण देखिएको थियो । 

ad