झापामा पीसीआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल स्थापनाको पहल

image तुलसी निरौला बिहीबार, जेष्ठ ८ २०७७
image

 झापा, जेठ ८  । 
कोरोना भाइरस नियन्त्रण र उपचारका लागि झापामा पीसीआर परीक्षण प्रयोगशाला र कोरोना अस्पताल तत्काल सञ्चालनका लागि पहल गरिने भएको छ ।
   जिल्लास्तरीय कोरोना भाइरस संक्रमण, रोकथाम, उपचार, समन्वय तथा अनुगमन समितिका संयोजक सोमनाथ पोर्तेलसहित झापाका मुख्य राजनीतिक दलका प्रमुखहरुबीच विहीवार बिर्तामोडमा भएको छलफलमा त्यस्तो निष्कर्ष निकालिएको हो ।
  अस्पताल तथा पीसीआर परीक्षण प्रयोगाशाला स्थापनाका लागि स्थान पहिचान लगायतका काम तत्काल अघि बढाउनेसमेत निष्कर्ष निकालिएको छ ।