अनाधिकृत प्रबेश गर्नेहरुलाई पूर्ण रुपमा रोक

image आयुष निरौला शनिबार, जेष्ठ १० २०७७
image

झापा १० जेष्ठ

पछिल्लो समयमा झापामा कोरोना संक्रमण बढेसँगै बुद्धशान्ति गाउँपालिका वडा न ५ र ६ मा आवातजावत मा कडाई गर्ने निर्णय भएको छ।शुक्रवार दुबै वडाका वडाध्यक्ष, आर आर टि, स्वास्थकर्मी र सुरक्षाकर्मीको संयुक्त बैठकले सो क्षेत्रमा अनाधिकृत प्रबेश गर्नेहरुलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको हो।

वार्ड न ५ र ६ प्रबेश गर्न टिमाई पुलको मार्ग मात्र प्रयोग गर्न पाईने ६ का अध्यक्ष शम्भु प्रसाद पौड्यालले बताउनुभयो । उहाँका अनुसार दुबै वडाका वडाध्यक्ष सहितको टोलीले, सिमाना जोडिएका रोङ गाउँपालिका र मेचिनगर नगरपालिकाका स्थानीय जनप्रतिनिधिसँग भेटगरी नाका कडाई बारे थप निर्णय पनि गरिने छ ।

आजबाट पास बिनाका सम्पूर्ण सवारीसाधन आवात जावतमा समेत रोक लगाइएको छ।त्यसैगरी बैठकले सरकारी आयोजना अनतर्गतका वार्डमा संचालित योजनाहरु सरकारले तोकेको मापदण्ड पूरागरी संचालन गर्न दिने समेत निर्णय गरेको छ भने निजि प्रयोजनका लागि निर्माणका सामाग्री ढुवानी गर्न नपाईने ५ का वडाध्य्क्ष बासुदेब खतिवडाले जानकारी गराउनु भयो ।

तेस्तै दिर्घरोगी र नियमित औषधी प्रयोगकर्ताले सम्बन्धित वार्डका स्वास्थ इकाई वा रेपिड रेस्पोन्स टिमका सदस्यसँग समन्वय गर्ने र सम्बन्धीत पक्षले औषधिको ब्यवस्था गरिदिने निर्णय भएको शान्तिनगर स्वास्थ्य चौकिका प्रमुख भरत खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार अवस्था हेरि स्वास्थ इकाईले औषधि खरिद गर्न वा स्वास्थ चेकजाँच गर्न स्थानीयलाई सिफारिस उपलब्ध गराउने छ ।