अब झापामा नै कोरोना बिरामीको उपचार

image विष्णुप्रसाद पोखरेल शनिबार, जेष्ठ १० २०७७
image

झापा १० जेष्ठ
 कोभिड १९ को उपचारका लागि अस्पताल निर्माणको अन्तिम टुंगो लागेको छ । झापाको भद्रपुरस्थित मेची अञ्चल अस्पतालको निर्माणाधिन भवनलाई कोभिड अस्पतालको रुपमा प्रयोगमा ल्याईने गरी तयारी शुरु भएको पाईएको छ ।

दूइदिन अघि प्रदेश १ सामाजिक विकास मन्त्रिले उपयुक्त स्थान पहिचान गरेर प्रदेश सरकारमा सिफारीस गर्नका लागि निर्देशन दिएका थिए ।
कोरोना संक्रमण रोकथाम उपचार समन्वय तथा अनुगमन समिति झापाको पहलमा सम्भावित क्षेत्रको पहिचानका लागि कसरत भएको थियो ।

मेची अञ्चल अस्पतालको निर्माणाधिन भवन नै उपयुक्त ठहरिएको जनाईएको छ । निर्माणाधिन भवन केहि दिनमा नै अस्पतालका लागि तयार हुने देखिएको छ, समितिका संयोजक सोम पोर्तेलले भने ।