यस्तै यहाँ उत्पादन भएको आँप ठेक्काका लागि केन्द्रले यही वैशाख १६ गते सूचना प्रकाशित गरेको छ । न्यूनतम बिक्री मूल्य रु ७१ लाख ११ हजार कायम गरेर सूचना प्रकाशन गरिएको केन्द्रका प्रमुख यादवले जानकारी दिनुभयो । आँपको ठेक्का यही वैशाख ३१ गते खोलिने छ । करिब एक सय बिघामा गरिएको आँपखेतीमा छ हजार रूख छन् । त्यसमध्ये बर्सेनि तीन हजार ५०० बढी रूखले फल दिने गरेको छ । यहाँको आँप गत वर्ष रु २१ लाखमा ठेक्का लागेको थियो । बागवानी केन्द्रमा मालदह, दशहरी, बम्बै, आम्रपाली, मल्लिका, निलमलगायत जातको आँप उत्पादन हुने गरेको केन्द्रका प्रमुख यादवले बताउनुभयो । ठेकेदार समूहले यहाँ उत्पादन भएको लिची, आँपलगायत फलफूल काठमाडौँ, हेटौँडा, चितवनसहित देशका मुख्य सहरसम्म लैजाने गरेका छन् ।
८ दिन अगाडीयसैगरी आयकर र मूल्य अभिवृद्धि कर नतिर्ने विभिन्न ११ वटा फर्म तथा कम्पनीहरूलाई कारबाही गरी रु एक करोड ७५ लाख असुल गरिएको कर अधिकृत सुनुवारले जानकारी दिनुभयो । “कार्यालयले राजस्व सङ्कलनको लक्ष्य हासिल गर्न निरन्तर बजार अनुगमन र निगरानी गरिरहेको छ । यसका साथै कर बक्यौता राख्ने करदाताको बैङ्क खाता रोक्का गर्ने, जग्गा रोक्का गर्नेलगायत कानुनी कारबाही पनि गरिएको छ”, उहाँले भन्नुभयो ।
२५ दिन अगाडी