अन्तर्राष्ट्रिय

बिरालोमा पहिलोपटक कोराेना सङ्क्रमण पुष्टि

news

सउल । दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेकोएक घरपालुवा बिरालोमा कोरोना भाइरस सङ्क्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना सङ्क्रमण भेटिएको यो पहिलो घटना हो ।

१० महिना अगाडी

बाइडेनको कार्यभार सम्हालेकै तीन दिनभित्रै ३० वटा कार्यकारी आदेशमा हस्ताक्षर

news

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बुधबार अर्थात् जनवरी २० मा अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिए । निकै तनावपूर्ण राष्ट्रपतीय निर्वाचन पश्चात् अन्ततः राष्ट्रपतिमा विजयी भएका बाइडेनका अघिल्तिर धेरै चुनौती हुनु स्वाभाविकै हो । खासगरी कोरोनाभाइरसको महामारीबाट विश्वमै सर्वाधिक बढी असर परेको मुलुक अमेरिका नै भएकाले पनि यसको असर निकै बढी रहेको अनुमान गर्न सकिन्छ ।

१० महिना अगाडी

आज एनआरएनको विशेष महाधिवेशन , विधान संशोधन हुँदै

news

महाधिवेशनमा ५० भन्दा बढी देशका २६ सय जना प्रतिनिधिहरु सहभागी हुने संघले जनाएको छ । विशेष केन्द्रीय महाधिवेशनमा नवौं महाधिवेशनबाट पारित हुन नसकेको आर्थिक प्रतिवेदन र सहमतिका आधारमा तयार गरिएको विधान संशोधन प्रस्तावमाथि पनि छलफल हुने छ।

१० महिना अगाडी

बाइडेनको मन्त्रिपरिषद् : २६ मन्त्रीमध्ये १२ महिला

news

अमेरिकी राष्ट्रपति जो बाइडेनले मन्त्रिपरिषद् गठन गरेका छन् । उनको मन्त्रिमण्डलमा उपराष्ट्रपति कमलादेवी ह्यारिससहित १५ वटा कार्यकारी विभाग प्रमुख छन् ।

१० महिना अगाडी

कोरोनाले थप विपत्ति निम्त्याउँने डब्ल्युएचओको चेतावनी

news

काठमाडौँ- विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले कोरोनाविरुद्धको खोप असमान तवरले वितरण भइरहे थप विपत्ति निम्तिने चेतावनी दिएको छ । डब्ल्युएचओका प्रमुख, डाक्टर टेड्रोस अधानम गेब्रियससले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्त्याउने निश्चित रहेको चेतावनी दिएका हुन् ।

१० महिना अगाडी

दुई महिला न्यायाधीशको गोली हानी हत्या

news

बिहानको समयमा गरिएको गोली प्रहारमा दुई न्यायाधीशको हत्या भएको हो जसमा उनीहरूका सवारीचालक घाइते भएका छन्।राजधानी काबुलमा भएको घटनाको कसैले पनि जिम्मेवारी लिएको छैन।

१० महिना अगाडी

अमेरिकी राष्ट्रपतिको मन्त्रीमण्डल यस्तो हुनेछ

news

बाइडेनले छानेका मन्त्रीको अनुहारमा अधिकांश ओबामा प्रशासनकै अनुहार छन् । प्रक्षेपित ती अनुहार मन्त्रीमण्डलमा अटाए भने यसले अमेरिकी प्रशासनमा समावेशिताको कीर्तिमान त बनाउने छ नै, साथै यसले अमेरिकी लोकतन्त्रमा विविधता थप्ने अनुमान गरिएको छ ।

१० महिना अगाडी

बस र ट्रक आपस ठोक्किदा एघारको मृत्यु

news

२ माघ / भारतको दक्षिणपश्चिमी राज्य कर्नाटकमा भएको एक सडक दुर्घटनामा परेर कम्तीमा पनि ११ जना व्यक्तिको मृत्यु भएको बताइएको छ ।

१० महिना अगाडी

इन्डोनेसियामा भूकम्प, ३४ को मृत्यु

news

२ माघ / इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली  भूकम्प गएको छ । यस भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ । यस भूकम्पमा परेर एक अस्पताल र कयौँ भवन भत्किनुको साथै र क्षतिग्रस्त भएको बताइएको छ । 

१० महिना अगाडी

भारतमा कोरोनाविरुद्धको प्रति खोपको २०० देखि २९५ रूपैयाँ पर्ने

news

भारतमा कोरोनाविरुद्धको प्रति खोपलाई २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने अनुमान गरिएको छ । केन्द्रीय स्वास्थ्य सचिव राजेश भूषणले प्रत्येक खोपको खर्च २०० देखि २९५ रूपैयाँसम्म पर्न सक्ने जानकारी दिनुभएको हो ।

१० महिना अगाडी

अमेरिकी संसदमा आक्रमण गर्नेमध्ये १ सय ७० जनाको पहिचान भइसकेको जानकारी

news

अमेरिकी सुरक्षा तथा गुप्तचर एजेन्सी एफबीआईले गत साता अमेरिकाको संसद भवन क्यापिटल हिलमा आक्रमण गर्नेमध्ये १ सय ७० जनाको पहिचान भइसकेको जानकारी गराएको छ । उसका अनुसार तीमध्ये ७० जनाबिरुद्ध मुद्धा दायर गरिसकिएकोछ । एफबीआईले संसद भवनमा आक्रमण गर्नेहरुका लागि एक लाखभन्दा बढी डिजिटल सुराक मानिसहरुले पठाएको जनाएको छ ।

१० महिना अगाडी

ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश

news

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश भएको छ । डेमोक्रेटिक पार्टीले अमेरिकी संसदमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेको हो । महाअभियोग प्रस्तावमाथि बुधबार छलफल हुनसक्ने बीबीसीले जनाएको छ ।

१० महिना अगाडी

नेपाली पासपोर्ट संसारकै खराबको सूचीमा

news

कोरोनाभाइरस महामारीले गर्दा सूचिको स्थान तलमाथि परेको जनाइएको छ । अमेरिका र बेलायतमा भाइरसको महामारीले गर्दा पासपोर्ट पनि कमजोर भएको निष्कर्ष निकालिएको छ । जापानमा भाइरसको नियन्त्रण बलियो भएकाले जापानी पासपोर्ट पहिलो स्थानमा सुरक्षित रहेको जनाइएको छ ।

१० महिना अगाडी

अमेरिकी संसद भवनमा आक्रमण , १ को मृत्यु, १३ पक्राउ

news

ट्रम्पले आफ्नो हारलाई रोक्न अन्तिम अस्त्र प्रयोग गरिरहेको बीबीसीले उल्लेख गरेको छ । निर्वाचित राष्ट्रपति बाइडेनले डेलावेयरबाट राष्ट्रलाई सम्बोधन गर्दै ट्रम्प समर्थक भीडलाई पछि हट्न र लोकतान्त्रिक कार्यलाई अगाडि बढाउन आग्रह गरेका छन् ।

१० महिना अगाडी

असान्जलाई सुपुर्दगी नगर्ने बेलायती अदालतको निर्णय स्वागतयोग्यः राष्ट्रसंघ

news

उहाँले भन्नु भएको छ, “यस फैसलाले प्रेस स्वतन्त्रता, जवाफदेहीता र कानुनी शासनलाई गम्भीर रुपमा बेवास्ता गर्ने गरी एक किसिमको विध्वंसात्मक नजिर कायम गरेको छ ।”

१० महिना अगाडी

बायोएनटेकद्वारा दोस्रो मात्रा खोपका लागि ढिलाइ नगर्न चेतावनी

news

जर्मनीको मेन्ज सहरस्थित खोप निर्माता वायोएनटेक कम्पनीले कुनै पनि फरक निर्णय लिनका लागि नियामक संस्था, स्वास्थ्य अधिकारी र सरकारहरूसँग वार्ता जारी राख्न प्रतिवद्ध रहेको उल्लेख गरेको छ ।

१० महिना अगाडी

अमेरिकाको सभामुखमा पेलोसी पुनः निर्वाचित

news

अमेरिकाको सभामुखमा फेरि पनि नान्सी पेलोसी नै निर्वाचित हुनुभएको छ । डेमोक्रयाटको तर्फबाट पुनः उम्मेदवारी दिएपछि डेमोक्र््याटकै बहुमत रहेकाले झिनो मतान्तरले उहाँ पुनः निर्वाचित हुनुभएको हो । अघिल्लो कार्यकालमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई संसदीय र लोकतान्त्रिक मर्यादा र प्रक्रिया उलङ्घन गर्न नदिन सकारात्मक भूमिका निभाउनुभएको थियो । त्यसैगरी कोरोनाभाइरसको महामारी व्यवस्थापनका लागि भएको हेलचक्र््याई प्रति पनि उहाँले सरकारलाई सचेत गराइरहनुभएको थियो । उहाँले विगतमा राम्रो भूमिका खेलेकाले उहाँलाई नै फेरी जिम्मेवारी दिन हामी तयार भयौँ, एक सांसदले भन्नुभयो । 

१० महिना अगाडी

टेस्लाले एकवर्ष बेच्यो झण्डै पाँच लाख विद्युतीय कार

news

टेस्लाका अनुसार बर्षभरिमा ४ लाख ९९ हजार ५५० थान कार बिक्री भएको छ । कम्पनीले ५ लाख ९ हजार ७३७ थान कार उत्पादन गरेको थियो । टेस्लाका प्रमुख इलोन मस्कले कम्पनीका लागि यो निकै महत्वपूर्ण कोशेढुंगा भन्दै सन्तोष व्यक्त गर्नु भएको छ । मस्कले ट्वीट गर्दै आफ्ना विद्युतीय कारले बजारमा १० प्रतिशत मात्र सफलता प्राप्त हुने आँकलन गरे पनि ग्राहकले आफ्ना कारलाई अत्यधिक रुचाएको बताउनु भएको छ ।

१० महिना अगाडी

बेइजिङमा हजारौंले लिए खोप, बेलायतमा अस्ट्राजेनिकाको खोप लगाउन शुरु

news

चीनमा फेब्रुअरीमा मनाइने नयाँ वर्षका अवसरमा हुन सक्ने व्यापक यात्रा र घुमफिरलाई ध्यानमा राखी बेइजिङका हजारौं बासिन्दालाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ । खोप लिन हजारौं मानिस सोमबार बिहानैदेखि खोप केन्द्रहरुमा लामबद्ध देखिएका छन् ।  

१० महिना अगाडी

नाइजरमा इस्लामी चरमपन्थीद्वारा ५६ नागरिकको हत्या

news

अफ्रिकी मुलुक नाइजरमा इस्लामी चरमपन्थीले मालीको सिमानानजिक एउटा गाउँमा आक्रमण गरी कम्तीमा ५६ जनाको हत्या गरेको छ । समाचारहरुमा जनाइएअनुसार अन्य २० जना गम्भीर घाइते छन् । टिल्लाबेरी इलाकाको चोमोबंगोउ नामको गाउँमा हमला भएको स्थानीय अधिकारीहरुलाई उद्धृत गरी बीबीसीले जनाएको छ । यो ठाउँमा सन् २०१७ देखि नै संकटकाल लागू गरिएको छ ।

१० महिना अगाडी