अन्तर्राष्ट्रिय

इजिप्टमा रेल दुर्घटनामा परी ३२ को मृत्यु, ६६ घाइते

news

इजिप्टमा शुक्रबार भएको रेल दुर्घटनामा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा परी अन्य ६६ जना घाइते भएको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । घटनास्थलमा उद्धार गर्नका लागि ३६ एम्बुलेन्स परिचालन गरिएको थियो ।

८ महिना अगाडी

भारतले लगायो आस्ट्राजेनेका खोपको निर्यातमाथि अस्थायी रोक

news

भारतले अक्सफर्ड-आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि अस्थायी रोक लगाएको विदेशमन्त्रालय स्रोतले बीबीसीलाई बताएको छ।कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेकाले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने उनीहरूले बताएका हुन्।

८ महिना अगाडी

टोकियोमा फेरि बढे सङ्क्रमित, बुधबार यो महिनाकै सबैभन्दा धेरै

news

टोकियो, ११ चैत​​​​​​​ / जापानको राजधानी टोकियोमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार टोकियोमा बुधबार थप ४२० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

८ महिना अगाडी

कोरोनाको सङ्क्रमण बढेपछि भारतमा फेरि नयाँ निर्देशिका जारी

news

भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि भएपछि नयाँ निर्देशिका जारी गरिएको छ । केन्द्रीय सरकारले मङ्गलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ ।

८ महिना अगाडी

भारतमा कोरोना सङ्क्रमणको दर अस्वाभाविक रुपमा बढ्याे

news

यो सन् २०२१ को अहिलेसम्मकै सबैभन्दा धेरै भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसँगै भारतमा जम्मा सङ्क्रमितको संख्या १ करोड १५ लाख ९८ हजारभन्दा धेरै भएको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३ हजार ६ सय ५३ जना निको भएर डिस्चार्ज भएका छन् ।

८ महिना अगाडी

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

news

जापानको मौसम विज्ञान निकायले शनिवार ६.९ रेक्टर स्केलको भूकम्पपछि सुनामी आउन सक्ने चेतावनी दिँदै उत्तरपूर्वी सामुद्रिक तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

८ महिना अगाडी

खोप लगाएको दुई दिनपछि पाकिस्तानी प्रधानमन्त्री खानलाई कोभिड–१९ सङ्क्रमण पुष्टि

news

इस्लामावाद, ७ चैत (रासस/एएफपी) / पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको पाकिस्तानी अधिकारीहरूले पुष्टि गरेका छन् ।

८ महिना अगाडी

ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना संक्रमित भेटिए

news

५ चैत (रासस/सिन्ह्वा) : ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी संक्रमित भएका पाइएको छ । यस देशमा पहिलो पटक यतिधेरै नागरिक संक्रमित भएका पनि समाचारमा जनाइएको छ ।

८ महिना अगाडी

पूर्वी अफगानिस्तानमा सेनाको हेलिकप्टर दुर्घटनामा परी नौको मृत्यु

news

५ चैत (रासस/सिन्ह्वा):अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौं व्यक्तिको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ ।

८ महिना अगाडी

पुटिनबारे बाइडनले त्यस्तो के भने जसले रुसी राजदूतलाई घर फर्कायो

news

रुसले वासिङ्टनमा रहेका आफ्ना राजदूतलाई अमेरिकासँगको 'उल्टाउन नसकिने क्षति' जोगाउन भन्दै वार्ताका लागि फिर्ता बोलाएको छ।अमेरिकासँगको सम्बन्ध 'अँध्यारो गल्ली'को अवस्थामा पुगेको भन्दै रुसी सरकारले अनाटोली एन्टोनोभलाई मस्को बोलाएको हो।

८ महिना अगाडी

अमेरिकाको तीन स्थानमा भएको आक्रमणमा छ एशियाली महिलासहित आठ जना मारिए

news

अमेरिकाको जोर्जिआमा तीन स्थानमा भएको गोली प्रहारमा परी छ जना एशियाली महिलासहित कम्तीमा आठ जनाको मृत्यु भएको छ।प्रहरीका अनुसार एट्लान्टाको उत्तरतिर रहेको एक मसाज पार्लरमा चार जना र एट्लान्टाकै दुई स्पामा चार जनाको मृत्यु भएको हो।

८ महिना अगाडी

अस्ट्राजेनिका खोप नलगाउनुपर्ने कुनै कारण छैन : डब्लुएचओ

news

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरस विरुद्ध लगाइँदै आएको अस्ट्राजेनिका खोप नलगाउनुपर्ने कुनै कारण नभएको स्पष्ट पारेको छ । कोरोनाभाइरस विरुद्ध राम्रो काम गरिरहेको र प्रभावकारी प्रमाणित भइरहेको खोपमाथि शंका गर्नु अनावश्यक भएको संगठनले शुक्रबार स्पष्ट पारेको हो ।

८ महिना अगाडी

म्यानमारमा प्रदर्शनकारीमाथि सेनाको दमन जारी, आज ९ जनाको मृत्यु

news

यानगोन । म्यानमारमा सेनाविरुद्धको देशव्यापी प्रदर्शन बुधबार पनि जारी रह्यो । नेतृ आङसान सुकीलाई रिहा गर्न र लोकतन्त्र पुनःस्थापनाको माग गर्दै सेनाको विरोधमा उत्रिएका आन्दोलनकारीहरुमाथि केही समययता सेनाले आक्रामक शैली अपनाइरहेको छ ।

८ महिना अगाडी

भारतको कलकत्तामा एक भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु

news

भारतको कलकत्तामा एक भवनमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ । भवनको १३ औं तलामा भीषण आगलागी हुँदा ९ जनाको मृत्यु भएको हो ।

८ महिना अगाडी

भारतमा एक करोड १२ लाख २९ हजार भन्दा बढी कोरोना सङ्क्रमित

news

२४ फागुन (रासस/सिन्ह्वा) : भारतमा गत २४ घण्टामा १८ हजार ७११ जना कोरोना सङ्क्रमित थपिएपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख २९ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।

८ महिना अगाडी

म्यान्मार कू: सैनिक शासनविरुद्धको आन्दोलनमा एक नेपालीभाषी बर्मेलीको मृत्यु

news

म्यान्मारमा सैनिक शासनविरुद्ध जारी आन्दोलनमा सहभागी एक नेपालीभाषी बर्मेलीको मृत्यु भएको प्रदर्शनकारीहरूले बताएका छन्।

८ महिना अगाडी

म्यान्मार सैनिक कू: सुरक्षा फौजद्वारा 'बिना चेतावनी गोली प्रहार', '३८ जनाको मृत्यु'

news

म्यान्मारमा बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन्। जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै 'रक्तपातपूर्ण' दिन भनेको छ।म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताइन्।

८ महिना अगाडी

कंगो र गुएनामा इबोलाको संक्रमण, ११ जनाको मृत्यु

news

१९ फागुन / अफ्रिकी देशहरु कंगो र गुएनामा इबोलाका नयाँ संक्रमितहरु भेटिएको बताइएको छ । ती देशमा पछिल्ला केही दिन यता २८ जना व्यक्तिमा इबोलाको संक्रमण भेटिएको बताइएको हो ।

८ महिना अगाडी

अफगानिस्तानमा बन्दुकधारीद्वारा तीन सञ्चारकर्मीको हत्या

news

पूर्वी अफगानिस्तानको जलालाबादमा मङ्गलबार बन्दुकधारीले तीन महिला सञ्चारकर्मीहरूलाई गोली हानी हत्या गरेको स्थानीय टेलिभिजन नेटवर्कले बताएका छन् ।

८ महिना अगाडी

अपहरणमा परेका नाइजेरियाका २७९ छात्रा रिहा

news

गुसौ, नाइजेरिया, १८ फागुन (रासस-एएफपी) : अपहरणमा परेका नाइजेरियाका छात्राहरु मुक्त भएका छन् । देशको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै २७९ जना रिहा भएका हुन् ।

८ महिना अगाडी