अन्तर्राष्ट्रिय

इथियोपियाली शरणार्थीलाई सहयोग गर्न १५ करोड डलर आवश्यक : राष्ट्र संघ

news

इथियोपियाको द्वन्द्वग्रस्त टाइग्रेबाट सुडान आएका शरणार्थीको व्यवस्थापनका लागि १५ करोड अमेरिकी डलर आवश्यक परेको राष्ट्र संघका शरणार्थी मामिला प्रमुख फिलिपो ग्रान्डीले शनिबार बताएका छन् । इथियोपियाको संघीय बल तथा यस क्षेत्रको सत्तासिन दलबीच नोभेम्बर ४देखि सुरु भएको द्वन्द्वका कारण तीन हप्तामा कम्तीमा ४३ हजार शरणार्थी सुडान पुगेका छन् ।

३ बर्ष अगाडी

महान अर्जेन्टिनी फुटबल हस्ती डिएगो म्याराडोनाको निधन

news

एजेन्सी – महान अर्जेन्टिनी फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षको उमेरमा उनको निधन भएको हो। अर्जेन्टिनी संचारमाध्यमका अनुसार हृदयघातका कारण बुधबार उनको निधन भएको हो ।

३ बर्ष अगाडी

पाकिस्तानका शैक्षिक संस्थाहरु फेरी बन्द, परीक्षा स्थगित

news

कोरोनभाइरसका सङ्क्रमितहरुको संख्यामा बृद्धि हुदै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ । पाकिस्तानका संघीय शिक्षामन्त्री शफकत महमूदले आगामी बिहीबारदेखि शैक्षिक संस्थाहरु बन्द हुने बताएका हुन्। सोमबार डा. एस फैसल सुल्तानसहितको राष्ट्रिय अपरेशन तथा कमाण्ड सेन्टर (एनसीओसी)को प्रेस ब्रिफिङमा शिक्षा मन्त्री महमूदले शैक्षिक संस्था अर्को वर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने बताएका हुन् ।

३ बर्ष अगाडी

कोभिड-१९ खोप: अमेरिकी नागरिकले डिसेम्बरमा खोप 'पाउन सक्ने'

news

कोभिड-१९ को खोप अमेरिकी नागरिकहरूले पहिलो पटक डिसेम्बर महिनाको ११ तारिखसम्ममा पाउन सक्ने एक उच्च अधिकारीले बताएका छन्।अमेरिकाको कोरोनाभाइरस खोप कार्यक्रमका प्रमुखले उक्त जानकारी दिएका हुन्।डा. मोन्सेफ स्लावीले सीएनएनसँग कुरा गर्दै स्वीकृति पाएको २४ घन्टाभित्र खोप पुर्‍याइने योजना सुनाए।देशव्यापी रूपमा कोरोनाभाइरसको सङ्क्रमण बढिरहेका बेला उनले त्यस्तो बताएका हुन्।

३ बर्ष अगाडी

कोरोना भाइरस: 'माउथवास'ले ३० सेकेन्डमा प्रयोगशालमा भाइरस निष्क्रिय पार्न सक्छ

news

मुख कुल्ला गर्ने माउथवासले ३० सेकेन्डभित्र कोरोनाभाइरसलाई मार्ने प्रयोगशालामा गरिएको एउटा अध्ययनले देखाएको छ।कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले माउथवाससँगको संसर्गले भाइरसलाई नष्ट गर्न सहयोग पुग्नसक्ने 'आशाजनक सङ्केतहरू' पाइएको बताएका हुन्।युनिभर्सिटी हस्पिटल अफ वेल्समा कोभिड-१९ का बिरामीमाथि गरिएको एउटा उपचारात्मक परीक्षणअघि उक्त विवरण आएको हो।डा. निक क्लेडन उक्त अध्ययनले मानिसहरूको दैनिकीमा 'माउथवास'लाई एउटा महत्त्वपूर्ण हिस्सा बनाउन सक्ने बताउँछन्।

३ बर्ष अगाडी

अमेरिकामा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या साढे दुई लाख

news

अमेरिकामा कोरोना भाइरस(कोभिड १९) संक्रमणका कारण मृत्यु हुनेको संख्या साढे दुई लाख नाघेको छ । बिहीबार बिहानसम्म २ लाख ५६ हजार २ सय ५४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

३ बर्ष अगाडी

चियाङ स्वीजन: अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

news

एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ।साङ्घाईमा ७० हजार कलाकृति राखिएको एउटा सङ्ग्राहलय छ। ती सबै कलाकृति एउटै व्यक्तिलाई समर्पित छन्- जनताका वैज्ञानिक अर्थात् चियाङ स्वीजनलाई।चियाङ चीनको क्षेप्यास्त्र र अन्तरिक्ष कार्यक्रमका पिता हुन्।

३ बर्ष अगाडी

कोरोना भाइरस खोपः कोभिड-१९ विरुद्धको चिनियाँ खोप 'मध्य-चरण परीक्षणमा सफल'

news

कोभिड-१९ विरुद्ध चीनले विकसित गरेको एउटा खोपले त्यहाँ मध्य-चरणका परीक्षणहरूमा सफलताको सङ्केत दिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।चीनमा हाल विभिन्न खोपहरू तयार गरिँदैछ र तीमध्ये केही त मानिसहरूलाई लगाइपनि सकिएको छ।अनुसन्धानकर्ताहरूका अनुसार सिनोभ्याक बायोटेक नामक समूहले तयार पार्दै गरेको खोपले ७०० जना मानिसमा गरिएको परीक्षणका बेला तिनमा तीव्र रोग प्रतिरोधी प्रतिक्रिया उत्पन्न हुन सकेको थियो।

३ बर्ष अगाडी

कोरोनाभाइरस: ट्रम्पले सहकार्य नगर्दा थुप्रै सङ्क्रमितको "ज्यान जान सक्ने" बाइडनको चेतावनी

news

यदि आफ्नो आउने राष्ट्रपतीय प्रशासनलाई डोनल्ड ट्रम्पद्वारा अवरुद्ध बनाइ राखिए "थप मानिसहरूको ज्यान जान सक्ने" जो बाइडनले चेतावनी दिएका छन्।डेलावेयरमा बोल्दै राष्ट्रपति चुनाव जितेका बाइडनले कोरोनाभाइरसको प्रकोप रोक्नका लागि समन्वयको आवश्यकता थियो भनेका छन्।

३ बर्ष अगाडी

संसारको घुम्नैपर्ने १० गन्तव्य सूचीमा अन्नपूर्ण सर्किट

news

विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको हो । अन्नपूर्ण घुम्नैपर्ने गन्तव्य भएको उल्लेख गर्दै साइटले स्वर्ण मन्दिर, आकर्षक गाउँ, जङ्गल र वन्यजन्तुलाई नजिकबाट नियाल्न सकिने विशेषता उल्लेख गरेको छ । अन्नपूर्णको साहसिक र रोमाञ्चक यात्रा उत्प्रेरक हुने भन्दै पदयात्रापछि थाकेको शरीरलाई स्वादिष्ट परिकार र चियाले भरपुर आनन्द दिलाउन सकिने संस्थाले साइटमा लेखेको छ ।

३ बर्ष अगाडी

युट्युबमा ३०० परिवर्तन ल्याउने तयारी

news

केही वर्षअघि म डिसअनर गेम टु खेल्ने गर्थे । तब गेमको ट्रिकी सेक्सनमा कसरी गेम कटाउने भनेर म युट्युबमा सर्च गर्थें र मेरो उत्तर पनि पाउँथेँ । अर्कोपटक युट्युब भिजिट गर्दा त्यो बेला डिसअनर गेम सम्बन्धी साइटले मलाई भिडियोको कम्पाइल नै देखायो ।

३ बर्ष अगाडी

कोरोना खोप तयार, कसरी काम गर्छ ?

news

बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन्।

३ बर्ष अगाडी

पिफाइजरले बनाएको कोरोनाविरुद्धको खोप ९० प्रतिशत सुरक्षित भएको दाबी

news

एजेन्सी- पिफाइजर र बायोएनटेकले निर्माण गरेको कोरोनाविरूद्धको भ्याक्सिन ९० प्रतिशत सुरक्षित भएको एक प्रारम्भिक अध्ययनले देखाएको बिबिसीले उल्लेख गरेको छ।खोप निर्माणकर्ता ‘पिफाइजर र बायोएनटेक’ ले यो विज्ञान र मानवताकै ऐतिहासिक दिन भएको घोषणा गरेका छन् ।

३ बर्ष अगाडी

जो बाइडेनलाई प्रधानमन्त्री ओलीको बधाई ज्ञापन

news

 प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएकोमा जो बाइडेनलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत नवनियुक्त राष्ट्रपति बाइडेनलाई बधाई ज्ञापन गर्नुभएको हो ।

३ बर्ष अगाडी

अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित

news

वाशिङ्टन । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उमेदवार जो बाइडेन विजयी भएका छन् ।राष्ट्रपतिका रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन आगामी चार वर्षका लागि अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ३ नोभेम्बरमा भएको निर्वाचनमा बाइडेनले २७३ इलेक्टोरल कलेज मत प्राप्त गर्दै बाइडेन विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी ट्रम्पले २१४ इलेक्टोरल कलेज मत ल्याएका छन् । 

३ बर्ष अगाडी

निर्वाचित भएको घोषणा नगर्न बाइडनलाई ट्रम्पको चेतावनी

news

रिपब्लिकन पार्टीका उम्मेदवार तथा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रतिस्पर्धी जो बाइडनलाई राष्ट्रपति निर्वाचित भएको घोषणा नगर्न चेतावनी दिएका छन् । ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमा आफू कानुनी प्रक्रियामा गइसकेको बताउँदै बाइडनलाई उक्त चेतावनी दिएका हुन् ।

३ बर्ष अगाडी

'वैध मत मात्र गणना गरिए आफूले सजिलैसँग जित्ने' ट्रम्पको दाबी, 'संयमित' हुन बाइडनको आग्रह

news

अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गरेका छन्। ट्रम्पअघि बाइडनले सम्बोधन गर्दै मानिसहरूलाई 'संयमित' हुन आह्वान गरे। "लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ", उनले भने, तर "प्रक्रियाले काम गरिरहेको छ।" प्रत्येक मतको गणना हुनुपर्नेमा जोड दिँदै उनले भने, "अमेरिकामा मतदान गर्ने काम पवित्र हुन्छ। हेरौँ मानिसहरूले त्यसलाई कसरी व्यक्त गर्नेछन्।" 'हस्तक्षेप' मतगणना सकेपछि विजयी हुने कुरामा आफू र उपराष्ट्रपति पदकी उम्मेदवार कमला ह्यारिसलाई "कुनै शङ्का नरहेको" पनि बाइडनले बताए। त्यसपछि ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले विना कुनै प्रमाण चुनावमा 'धाँधली' गरिएको आरोप फेरि लगाए। बाइडनले भने, 'जित हुने स्पष्ट भयो', ट्रम्पले भने, 'अदालत जान्छौँ' अमेरिकी निर्वाचनको फैसला के अदालतबाट होला त? मतदान सकिएपछि पत्रकार सम्मेलनमार्फत्‌ पहिलो पटक उनले धारणा सार्वजनिक गरेका हुन्। ट्रम्पले भने, "यदि तपाईँ वैध मतहरू मात्रै गणना गर्नुहुन्छ भने मैले सजिलै जित्छु।" हुलाकमार्फत्‌ गरिएको मतदान 'एकतर्फी' भएको दाबी पनि उनले गरेका छन्। अमेरिका मतदानअघि सञ्चारमाध्यमहरूले गरेको जनमत सर्वेक्षणलाई राष्ट्रपति ट्रम्पले "चुनावी हस्तक्षेप"को सङ्ज्ञा दिए। यसअघि ट्रम्पको चुनावी प्रचार अभियान समूहका एक अधिकारीले सीबीएस टेलिभिजनसँग कुरा गर्दै बाइडनले विजयी भएको घोषणा गर्दैमा राष्ट्रपति ट्रम्पले त्यसलाई नस्वीकार्ने बताएका थिए। राष्ट्रपति ट्रम्पका छोराले एउटा ट्वीट गर्दै चुनावलाई लिएर "पूर्ण युद्धमा जान" आफ्ना बुवालाई आग्रह गरेका छन्। उनको त्यो ट्वीटलाई सामाजिक सञ्जाल ट्विटरले दिग्भ्रमित बनाउने खालको कुरा भनेको छ। जितका लागि महत्त्वपूर्ण मानिएका राज्यहरूमा मतगणना जारी रहँदा बाइडनले ट्रम्पविरुद्ध अग्रता बढाउँदै लगेका छन्। निकै महत्त्वपूर्ण रहेको पेन्सल्भेनियामा ट्रम्पको अग्रता साँघुरिँदै गएको छ। पचास मध्ये ४४ वटा राज्यको नतिजा घोषणा हुँदा बाइडनले २५३ इलेक्टरल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्टरल मत प्राप्त गरेका छन्।

३ बर्ष अगाडी

डेमोक्र्याटिक पार्टीलाई महत्त्वपूर्ण अग्रता, तर नतिजा अझै अस्पष्ट

news

अहिलेसम्म ५० मध्ये ४३ राज्यबाट मतपरिणाम आइसकेको छ। अमेरिकामा यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका थिए / अहिलेसम्मको अवस्थामा डेमोक्र्याट उम्मेदवार जो बाइडनले अग्रता लिएका छन् तर स्पष्ट रूपमा कसले जित्छ भन्ने भन्नसक्ने अवस्था छैन/ अन्तिम परिणाम 'ब्याटलग्राउन्ड स्टेट' भनिने एरिजोना, जोर्जिया, विस्कन्सिन र पेन्सिल्भेनियाले निर्धारण गर्नेछन्/

३ बर्ष अगाडी

पत्रकार अर्नव गोस्वामी हिरासतमा

news

भारतको रिपब्लिक टेलिभिजनका सम्पादक अर्नव गोस्वामीलाई दुई हप्ताको न्यायिक हिरासतमा पठाइएको छ।​ अर्नव बाहेक अन्य दुई जनालाई सन् २०१८ मा एक व्यक्तिको आत्महत्याका लागि उक्साएको आरोपमा मुम्बईको एक अदालतले बुधवार राति न्यायिक हिरासतमा पठाउने निर्णय सुनाएको हो।​

३ बर्ष अगाडी

अमेरिकामा राष्ट्रपति निर्वाचनको मतगणना रोकियो

news

न्यूयोर्क– अमेरिकामा राष्ट्रपतीय निर्वाचनको मतगणना एक्कासी रोकिएको छ।राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाको क्रममा धाँधली भएको भन्दै मतगणना रोक्न आदेश दिनुभएपछि मतगणना रोकिएको हो। यसले गर्दा अन्तिम नतिजा आउन विलम्ब भएको छ। सत्तारूढ रिपब्लिकन दलकै केही कानूनविद्हरूले राष्ट्रपतिको आदेश गैरजिम्मेवार, गलत र आपत्तिजनक भएको बताएका छन्। मतगणनाको पछिल्लो स्थितिमा राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्रयाटिक पार्टीका उम्मेदवार जो बाइडनबीच कडा प्रतिस्पर्धा देखिएको छ।

३ बर्ष अगाडी