अन्तर्राष्ट्रिय

चीनले बालबालिकाको अनलाइन खेलको समयमा व्यापक कटौती

news

अनलाइन खेलका कारण बालबालिकालाई पठनपाठनमा समय नदिने समस्या भएको, अत्यधिक खेलका कारण उनीहरूमा एकोहोरो पन विकास भएको लगायतका गुनासा बढ्दै गएपछि अनलाइन खेलका लागि विश्वकै सबैभन्दा विशाल बजारका रूपमा लिइने चीनका प्राविधिकहरूले प्रशासनको दबाबमा यो निर्णय गरेका हुन् ।

२ महिना अगाडी

अफगानिस्तानबाट अमेरिकी सैनिक पूर्णरुपमा फिर्ता : २० वर्षदेखि जारी युद्ध औपचारिक रुपमा अन्त्यको घोषणा

news

अमेरिकाको अन्तिम उद्धार उडानअन्तर्गत काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलबाट सी–सेभेन्टीन विमान उडे लगत्तै तालिबानहरूले आकाशमा रातो प्रकाश छरेर र मेसिन गन मार्फत गोली चलाएर खुसीयाली मनाएको बिबिसीले जनाएको छ ।

२ महिना अगाडी

अमेरिकाको लुइजियानामा ‘विनाशकारी’ आइडा आँधी

news

अमेरिकाको लुइजियानामा हालसम्म आएको सर्वाधिक शक्तिशाली मध्येको एक समुद्री आँधी जमीनतर्फ अघि बढिरहँदा त्यसले तटीय क्षेत्र डुबाएको छ भने झन्डै सात लाख मानिसहरूलाई विद्युत सेवाबाट बञ्चित पारिदिएको छ।

२ महिना अगाडी

अफगानिस्तानको विमानस्थलबाहिर विस्फोट हुँदा ६० भन्दा बढीको मृत्यु

news

अफगानिस्तानको राजधानी काबुलमा भएको जिहादी आक्रमणमा १३ अमेरिकी सुरक्षाकर्मीसहित ६० भन्दा बढीको ज्यान गए पनि अमेरिकाले गरिरहेको हवाई उद्धारकार्य जारी नै रहने अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन् । ‘हामीले यो मिसन सम्पन्न गर्नै पर्छ र हामी गर्नेछौँ,’ उनले भने । उनले अपराधीहरूलाई खोजेरै छाड्ने वाचा पनि गरे ।

३ महिना अगाडी

इस्माइल साब्री याकोब मलेसियाको नयाँ प्रधानमन्त्री नियुक्त

news

मलेसियाका राजा सुल्तान अब्दुल्ला सुल्तान अहमद शाहले इस्माइल सबरीलाई देशको नयाँ प्रधानमन्त्री नियुक्त गरेको दरबार श्रोतले जानकारी गराएको छ । संसदको तल्लो सदनमा बहुमतको समर्थन गुमाएपछि उनी सोमबार राजीनामा दिएका मुहिद्दिन यासिनको उत्तराधिकारी बनेका छन्।

३ महिना अगाडी

अफगानिस्तानमा कति पैसा खर्च भयो? कहाँ खर्च भयो?

news

अफगानिस्तानबाट विदेशी सेना स्वदेश फर्किएसँगै तालिबान पुनः काबुलको सत्तामा पुगेको छ। हामीले अफगानिस्तानमा २० वर्षको सैनिक कारबाहीमा अमेरिका र नेटोका उसका साझेदार राष्ट्रहरूले त्यहाँ गरेका खर्च केलाएका छौँ।

३ महिना अगाडी

तालिबानलद्धारा अफगानिस्तान कब्जा : विजय भएको घोषणा

news

अफगानिस्तानको राजधानी काबुलमा प्रवेश गरेर राष्ट्रपति भवन कब्जामा लिएसँगै तालिबानले विजय भएको दाबी गरेका छन्। त्यहाँको सरकार गिरेको छ र राष्ट्रपति अशरफ गनी देश छाडेर भागेका छन्। तालिबानका एक प्रवक्ताले अल जजिरासँग बोल्दै भने: "अफगानिस्तानमा युद्ध सकिएको छ।"

३ महिना अगाडी

तालिबान लडाकुहरू अफगानिस्तानको राजधानी काबुलको नजिक

news

तालिबान लडाकु समूहले अफगानिस्तानका एक पछि अर्को सहर आफ्नो नियन्त्रणमा लिएसँगै हजारौँ सर्वसाधारणहरू तुलनात्मक रूपमा सुरक्षित राजधानी काबुल पुगेका छन्। उक्त लडाकु समूह पनि हाल काबुल नजिक पुगेको बताइएको छ।

३ महिना अगाडी

अफगानिस्तानको ८ वटा प्रान्तीय राजधानी तालिबानको नियन्त्रणमा

news

अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताएका छन्।

३ महिना अगाडी

अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच लडाइँ जारी : २७ बालबालिका मारिए

news

अफगानिस्तानमा तालिबान र सरकारी फौजबीच लडाइँ जारी रहेका बेला तीन दिनमा सत्ताइस जना बालबालिका मारिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

३ महिना अगाडी

प्राथमिक विद्यालयका शिक्षक बने पेरुका राष्ट्रपति

news

उनको विजयले राजनीतिक रूपमा गहिरोसँग विभाजित र महामारीले नराम्ररी प्रभावित पेरुका राजनीतिक तथा व्यापारिक उच्च वर्गलाई स्तब्ध पारिदिएको छ।

३ महिना अगाडी

भारतीय अर्बपति मुछिएको अश्लील सामग्री काण्ड के हो ?

news

४५ वर्षीय कुन्द्रालाई अश्लील सामग्री उत्पादन गर्ने समूहको 'प्रमुख सदस्य रहेको' र इन्टरनेटमा राखिएका यौन भिडियोमा अश्लील दृश्य दिन केही महिलालाई बाध्य बनाएको दाबी प्रहरीले गरेको छ।

४ महिना अगाडी

कोभिड–१९ उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठनको प्रस्ताव चीनलाई अमान्य

news

कोभिड–१९ महामारीको उत्पत्तिबारे थप अनुसन्धान गर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को प्रस्ताव चीनलाई मान्य नभएको चिनियाँ एक अधिकारीले बिहीबार बताएका छन् ।

४ महिना अगाडी

चीनमा भिषण बाढी : भूमिगत रेल स्टेशन डुब्यो

news

मङ्गलवार चीनको व्यस्त सबवे अर्थात् भूमिगत रेल स्टेशनमा बाढी आएसँगै कैयौँ हतास यात्रुहरूले भाग्ने प्रयास गरेका थिए। र, अन्य केहीलाई बाढीले बगाएर प्लेटफर्म भन्दा टाढा पुर्‍याइदियो। रेलको एउटा खण्डमा पानी छिरेर मानिसहरूको घुँडाबाट कम्मर हुँदै पछि घाँटीसम्म पुग्यो। आत्तिएका यात्रुहरू सास फेर्न शरीरलाइ माथि धकेलिरहेका थिए भने कम उचाइका व्यक्तिहरूलाई अन्यले बोकिरहेका थिए।

४ महिना अगाडी

अत्यधिक वर्षाका कारण जर्मनी र बेल्जियममा दर्जनौँको मृत्यु

news

धेरैको क्षति जर्मनीमा भएको छ। बेल्जियममा भने कम्तीमा ११ जनाको मृत्यु भएको छ भने हराइरहेका मानिसहरूको सङ्ख्या धेरै छ। जर्मनीको राइनल्यान्ड पलाटि-नट र नर्थ राइन वेस्ट-फेलिया प्रान्तले बाढीको सबैभन्दा भयावह मार खेप्नुपरेको बताइएको छ। नेदरल्याण्डसमा पनि व्यापक प्रभाव परेको छ।

४ महिना अगाडी

१५ सय केजी तौल भएको एउटै माछा

news

दक्षिण भारतको विशाखापटनममा माझीहरूले एउटा निकै ठूलो माछा समाएका छन्। शार्क प्रजातिको त्यो माछाको तौल १,५०० किलोग्राम र लम्बाइ झन्डै १३ फिट थियो।

४ महिना अगाडी

अफगानिस्तान: पाकिस्तानसँगको सीमा नाकामा तालिबानको झण्डा

news

तालिबानले अफगानिस्तान र पाकिस्तानबीचको एउटा मुख्य सीमा चौकीमा आफ्नो झण्डा फहराएर उक्त चौकीलाई आफूले नियन्त्रणमा लिएको दाबी गरेको बताइएको छ।

४ महिना अगाडी

दक्षिण अफ्रिका: हिंसामा ७२ जनाको मृत्यु

news

पूर्व राष्ट्रपति जेकब जुमा जेल परेसँगै दक्षिण अफ्रिकाको केही भागमा सुरु भएको हिंसाकाबीच त्यहाँ मृत्यु हुनेहरूको सङ्ख्या ७२ पुगेको छ। त्यसमा सोमवार राति सोवेटोस्थित एक सपिङ सेन्टरमा लुटपाट मच्चिएसँगै भएको भाग दौडका क्रममा मारिएका १० जना पनि समावेश छन्।

४ महिना अगाडी

दक्षिण अफ्रिकामा सेना परिचालन

news

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाले आम नागरिकलाई ''हिंसाविरुद्ध उभिन'' आह्वान गरेका छन्। पूर्व राष्ट्रपति जेकब जुमा जेल परेसँगै त्यहाँ हिंसात्मक प्रदर्शनहरू भइरहेका छन्।

४ महिना अगाडी