ताजा समाचार

भद्रपुर र मेचीनगरबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

news

लागू औषध नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेसँगै लागू औषध प्रयोगकर्ता र कारोबारीहरू धमाधम पक्राउ पर्न थालेका छन् । प्रहरीले दिनहुँ त्यस्ता लागू औषधमा संलग्नहरूलाई पक्राउ गर्न थालेको हो ।

१ बर्ष अगाडी

प्याब्सन दिवसमा जिल्लास्तरीय साँस्कृतिक प्रतियोगिता

news

भद्रपुर, पुष २४ । ३२ औं प्याब्सन दिवसको अवसर पारेर झापा प्याब्सनले भद्रपुरमा जिल्लास्तरीय बृहत् साँस्कृतिक प्रतियोगिता सञ्चालन गरेको छ ।

१ बर्ष अगाडी

सरकारलाई विश्वासको मत दिन सत्ता गठबन्धनको आह्वान

news

'गठबन्धनले प्रतिनिधिसभा राजनीतिक दल तथा स्वतन्त्र सांसदहरुलाई विश्वासको मतका लागि आह्वान गर्ने निर्णय भएको छ,' शर्माले भने ।

१ बर्ष अगाडी

आयल निगमले घटायो इन्धनको मूल्य

news

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो ।

१ बर्ष अगाडी

पोखराको मान्द्रेढुङ्गाबाट माघ १ देखि प्याराग्लाइडिङको व्यावसायिक उडान

news

हाल पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् भने ५० वटा अहिले सञ्चालनमा छन् । त्यसैगरी तीन सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् भने व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन् । पोखराको प्याराग्लाइडिङमा रू एक अर्ब बराबरको लगानी रहेको बताइएको छ ।

१ बर्ष अगाडी

बालबालिकालाई न्यानो कपडा वितरण गर्दै रोटरी क्लव सुरुङ्गा

news

कनकाई,२४ पौष /  शितलहरसँगै बढ्दै गएको जाडोमा थोरै भएपनि राहत पुगोस् भन्ने उद्येश्यले रोटरी क्लव अफ सुरुङ्गाले ग्रामिण क्षेत्रमा रहेको एक विद्यालयमा न्यानो कपडा (सुइटर) वितरण गरेको छ ।

१ बर्ष अगाडी

स्टेशनरी व्यवसायी महासंघ झापाको उपाध्यक्षमा सापकोटा

news

झापा / नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघको झापा उपाध्यक्षमा शिवसताक्षीका विनोद सापकोटा चयन भएका छन् ।

१ बर्ष अगाडी

प्रतिबन्धित लागूऔषधसहित तीन पक्राउ

news

झापा, पुष २३ । प्रतिबन्धित लागूऔषध नियन्त्रणमा सक्रिय भएर लागेको झापा प्रहरीले  तीनजनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

१ बर्ष अगाडी

महोत्तरीका सबै क्रसर उद्योग मापदण्डविपरीत

news

यसैबीच जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयबाट प्राप्त परिपत्रअनुसार यस्ता उद्योगको नियमन गरिने जनाएको छ । सम्बद्ध सबै पक्षको समन्वयबाट यो काम अघि बढाइने जिल्लाका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीको भनाइ छ ।

१ बर्ष अगाडी

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा कार्यक्रमको मस्यौदा

news

प्रतिवेदनमा सरकार सञ्चालनलाई प्रभावकारीरूपमा सञ्चालन गर्न सरकारका प्राथमिकता निर्धारण गरिनुका साथै सामाजिक न्याय, सुशासन र समृद्धिका क्षेत्रका विविध विषयहरू समेटिएको कार्यदलका सदस्य वर्षमान पुनले जानकारी दिनुभयो । शीर्षनेताले सो मस्यौदा बुझेपछि त्यसलाई आवश्यक अध्ययन गरेर सार्वजनिक गर्ने र त्यसलाई कार्यान्वयन गरिने बताइएको छ ।

१ बर्ष अगाडी

भद्रपुर झापा गोल्ड कप सफल बनाउन प्रेस क्लब भद्रपुरको अपील

news

भद्रपुर । भद्रपुर स्थित मेची रङ्गशालामा फागुनबाट हुन लागेको भद्रपुर झापा गोल्ड कप प्रतियोगिता सफलता पूर्वक सम्पन्न गराउन प्रेस क्लब भद्रपुरले सञ्चारकर्मी तथा संञ्चार संस्थासित सहयोगका लागि अपील गरेको छ ।

१ बर्ष अगाडी

बिर्तामोडमा पत्रकारिता सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण सुरु

news

बिर्तामोड । पत्रकारिता सम्बन्धी दुई दिने अन्तरक्रियात्मक प्रशिक्षण शनिवार बिर्तामोडमा सुरु भएको छ ।

१ बर्ष अगाडी

हल्दिबारीमा ९ बिगाह धानको कुन्यु आगलागीबाट नष्ट

news

झापा , पुष २३ । गएराति झापाको हल्दिबारी ४ काजली बजारनजिक करिब ९ बिगाह क्षेत्रफलको धानको कुन्यु आगलागीबाट जलेर पूर्ण रुपमा नष्ट भएको छ।

१ बर्ष अगाडी

आजदेखि चरा गणना सुरु

news

चितवनमा भने भोलिदेखि चरा गणना सुरु हुने वर्ड एजुकेशन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिनुभयो । पूर्वी चितवनमा वर्ड एजुकेशन सोसाइटी सौराहाको नेतृत्वमा र पश्चिम चितवनमा वर्ड एजुकेशन सोसाइटी मेघौलीको नेतृत्वमा चरा गणना हुनेछ । पश्चिम सेक्टर अन्तर्गत लोथर पुलदेखि कसरा पुलसम्म चराको गणना हुनेछ । जसमा चराको मुख्य बासस्थान रहेको ढुङ्ग्री खोला, बूढीराप्ती खोला, लामी ताल, तमोर ताल, बरुण ताल, बिसहजारी ताल र राइनो तालमा चराको गणना गरिनेछ । यस्तै चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा छुट्टै समूहमार्फत चरा गणना गरिनेछ । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार आठ सय ९२ प्रजातिका चरा छन् । जसमा दुई सय चरा पानीमा आश्रित छन् । चितवनमा मात्रै छ सय ५२ प्रजातिका चरा छन् । -

१ बर्ष अगाडी

अर्थोपेडिक अस्पतालमा डा भण्डारी नियुक्त

news

गरिब, निम्न आय भएका तथा असहाय बिरामीलाई निःशुल्क तथा सहुलियत शुल्कमा उपचार सेवा प्रदान गर्दै आएको यो अस्पतालले ट्रमा र अर्थोसम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ । एक सय शय्या रहेको यस अस्पतालमा हाल १९ जना विशेषज्ञ चिकित्सक रहेका छन् ।

१ बर्ष अगाडी

भुटानी शरणार्थीबारे उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमक्ष आग्रह

news

उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई झापा र मोरङका शिविरमा रहेका नेपाली भाषी भुटानी शरणार्थीको कठिन अवस्थाबारे इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाले ध्यानाकर्षण गराएको छ । 

१ बर्ष अगाडी

रुकुम (पूर्व) मा ३५ प्रतिशतले बढ्यो सुन्तला उत्पादन

news

यस वर्ष जिल्लामा सुन्तला उत्पादन बढेको र बजारमा खपत हुने अवस्था नभएपछि एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले सुन्तलाको जुस बनाउने तालिम सञ्चालन गरेको थियो । अहिले सिस्ने ७ र ८ का किसानले बजारमा बिक्री नभएको सुन्तलाबाट स्थानीयस्तरमै जुस बनाएर बिक्री गरिरहेको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख बस्नेतले बताउनुभयो । जिल्लाको सबै पालिकामा सुन्तला उत्पादन हुने गरे तापनि विशेष गरी सिस्ने गाउपालिकाको वडा नम्बर ७ र ८ सँगै पुथा उत्तरगङ्गा गाउँपालिकाको ८ नम्बर वडामा व्यावसायिकरुपमा किसानले सुन्तला खेती गर्दै आएका छन् ।

१ बर्ष अगाडी

२९ वर्ष बालबालिकासँग, अहिले सुन्तलासँग रमाउँदै ‘तारा’

news

सुरुमा रोपेका दुई वटा बोटबाट राम्रो उत्पादन भएपछि सुन्तलाको सम्भावना देखेर बर्सेनि बोट थप्दै सुन्तला बगैँचा विस्तार गर्दै गएँ”, उहाँले भन्नुभयो, “अहिले सुन्तला बगैँचामा दुई हजार बढी सुन्तलाका बोट छन् जसमध्ये आधा बोटमा सुन्तला फलिरहेका छन् । आधा बोट नयाँ छन् ।” अर्यालले अझै दुई सय नयाँ बोट लगाउन तयारी गर्नुभएको छ । कूल ३६ रोपनी क्षेत्रफलमा अहिले सुन्तला बगैँचा फैलिएको छ ।

१ बर्ष अगाडी

शीतभण्डार सञ्चालनपछि किसान हर्षित

news

तेह्रथुममा छ सय १६ हेक्टर क्षेत्रफलमा सुन्तला उत्पादन हुँदै आएको छ । जिल्लाको छवटै गाउँपालिकाको ग्रामीण क्षेत्रमा किसानले सुन्तला उत्पादन गर्दै आएका छन् । तेह्रथुममा वार्षिक तीन हजार आठ सय ८० मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ । गत वर्षको तुलना यस वर्ष उत्पादन बढ्ने ज्ञानकेन्द्रको अनुमान छ । जिल्लामा उत्पादन हुने लाखौँको तरकारी र फलफूल खेर जाने तथा अन्य समयमा जिल्ला बाहिरबाट आयात हुने अवस्था थियो ।

१ बर्ष अगाडी

नक्कली सुनका गहना देखाएर ठगी गर्ने एक पक्राउ

news

झापा, पुष २२ । नक्कली सुनका गहना देखाएर एक लाख ७० हजार रुपैयाँ ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा इलामको फाक्फोकथुम ७ घर भई बिर्तामोड ५मा बस्दै आएका शेरबहादुर बराइली रहेका छन् ।

१ बर्ष अगाडी