शिक्षा

जिल्ला प्रशासन कार्यालय तनहुँमा देखिएन सामाजिक दूरी , ठेलमठेल गरी लाइनमा बसेर सेवा लिन बाध्य

news

घरेलु तथा साना उद्योग कार्यालयमा दैनिक सेवाग्राहीको भीड बढेपछि भीडलाई न्यूनीकरण गर्न र सेवाग्राही दुई÷तीन दिन धाउनुपर्ने अवस्था आएकाले घरबाटै टोकन लिने व्यवस्था मिलाइएको छ । आफूले दर्ता गर्न चाहेको उद्योग तथा फर्म दर्ताका लागि आवश्यक कागजात कार्यालयको इमेल वा फेसबुक पेजमा फोटो खिची मेसेज गर्ने व्यवस्था मिलाइएको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिनुभयो ।

३ बर्ष अगाडी

कोरोना महामारीले पूर्वनिर्णयअनुसार रोक लगाइएको सबै क्षेत्रहरु खुल्ला

news

कोरोना महामारीले बन्द भएका विद्यालयहरु खुल्ने निर्णय भएको छ । आइतबार बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्च स्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो ।

३ बर्ष अगाडी

उच्च स्तरीय प्रविधिको पहुँचका लागि सजिलो खोज सञ्चालनमा

news

भद्रपुर, १७ पौष । झापाको भद्रपुरमा उच्च स्तरीय प्रविधिमा सहज पहुँच पुर्याउन सहयोग गर्ने लक्ष लिएर सजिलो खोज आई टी सेन्टर सञ्चालनमा ल्याइएको छ ।

३ बर्ष अगाडी

फागुनमा वार्षिक परीक्षा सञ्चालन गर्ने तयारी

news

हिमाली जिल्ला हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकामा बुधबारदेखि शैक्षिक संस्था सञ्चालनमा आएका छन् । लामो समयको लकडाउनका साथै नौ महिनादेखि विद्यालय बन्द भएपछि अदानचुली गाउँकार्यपालिकाले यस वर्षको हिउँदे बिदामा पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरेअनुसार बुधबारबाट गाउँपालिकामा रहेका १८ वटा सामुदायिक विद्यालय सञ्चालनमा आएका हुन् । कोरोनाका कारण पाठ्यक्रम पूरा नभएपछि गाउँपालिकाले हिउँदे बिदामा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिए ।

३ बर्ष अगाडी

एसईईः आवेदन फारम खुल्यो,विद्यार्थीलाई कसरी परीक्षामा सहभागी गराउने भन्ने चिन्ता

news

चालु शैक्षिक वर्षको एसईई परीक्षाको फारम खुलेपछि देशभरि अभिभावक तथा शिक्षकलाई विद्यार्थीलाई कसरी परीक्षासम्म पुर्‍याउने भन्ने चिन्ता थपिएको छ।

३ बर्ष अगाडी

इस्टु झापाको खोजी पूर्ण पारिश्रमिक नदिनेलाई किन कारवाही भएन ?

news

भद्रपुर, २९ मंसीर । झापामा कार्यरत संस्थागत विद्यालयका शिक्षक कर्मचारीले जोखिम मोलेर विद्यालयमा भौतिक रूपमा शिक्षण गरिरहेका भए पनि पूर्ण रूपमा पारिश्रमिक नपाएको उजुरीको बारेमा श्रम तथा रोजगार कार्यालय भद्रपुरमा प्रगति विवरण बारे उजुरी समितिले खोजविन सुरू गरेको छ ।

३ बर्ष अगाडी

शिक्षक हत्यारालाई अविलम्ब कारवाहीको माग गर्दै ज्ञापन पत्र

news

भद्रपुर, २९ मंसीर । मोरङमा हत्या गरिएका शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यारा खोजी गरी अविलम्ब कारवाही हुनु पर्ने माग राख्दै एकीकृत अखिल नेपाल शिक्षक संगठन झापाले जिल्ला प्रशासन कार्यालय झापा मार्फत ४ शुत्रीय माग सहित ज्ञापन पत्र बुझाएको छ ।

३ बर्ष अगाडी

अन्योलमै छ यस वर्षको एसईई

news

काठमाडौँ, मङ्सिर २९ गते । कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन ।

३ बर्ष अगाडी

शिक्षा सहकारीको नाफा २४ लाख ४४ हजार 

news

२४ मंसिर २०७७ विर्तामोड । सहकारीको माध्यमबाट शिक्षालय सञ्चालन गर्ने उद्देश्यका साथ स्थापित झापाको विर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाले आ. व. ०७६/०७७ मा २४ लाख४४ हजार १५६ रुपैयाँसञ्चालन मुनाफा गरेको छ ।

३ बर्ष अगाडी

शिक्षकमा कोरोना संक्रमण देखिएपछि हल्दिवारीका ३ विद्यालय बन्द

news

हल्दिवारी २३ मंसीर । विद्यालयका १ जना शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि हल्दिवारी गाउँपालिका वडा नं.–४ स्थित महेन्द्र मावि मंगलबारदेखि बन्द भएको छ । यो संगै शिक्षकमा कोरोना संक्रमण पुष्टि भएर हल्दिवारीमा बन्द हुने विद्यालयको संख्या तीन पुगेको छ ।

३ बर्ष अगाडी

सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिम

news

नेपाल टेलिकमले सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई ‘पाठशाला सियुजी सिम’ योजना अन्तर्गत निःशुल्क सिमकार्ड वितरण जारी राखेको छ । कोरोना महामारीका समयमा अनलाइन माध्यमबाट पठनपाठन जारी राख्न टेलिकमले सिमकार्ड उपलब्ध गराइरहेको हो ।

३ बर्ष अगाडी

मेचीनगरभित्रका विद्यालय सञ्चालन गर्न मेचीनगरका सवैपक्ष सहमत

news

काँकरभिट्टा, १३  मंसिर / नेपाल सरकार शिक्षा, विज्ञान प्रविधि मन्त्रालयले कोभिड १९ को सन्दर्भमा  तयार गरेको विद्यालय सञ्चालन सम्बन्धि कार्यढाँचा २०७७ ले तोकेको मापदण्ड पुरा गरी मेचीनगरभित्रका निजी, सामुदायिक तथा धार्मिक विद्यालय सञ्चालन गर्न नगरका सवैपक्ष सहमत भएका छन् ।

३ बर्ष अगाडी

भद्रपुर नगरपालिका क्षेत्रमा मंसिर १४ गतेबाट विद्यालय सञ्चालनमा ल्याइने

news

भद्रपुर नगरपालिका क्षेत्र भित्रका सबै विद्यालयहरू भौतिक रूपमा मंसिर १४ गतेबाट सञ्चालनमा ल्याउने गरी तयारी थालिएको छ ।नेपाल सरकारले भौतिक रूपमा विद्यालय सञ्चालन गर्न स्थानीय सरकारलाई जिम्मेवारी हस्तान्तरण गरेपछि नगर कार्यपालिकाले सुरक्षा सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न स्वीकृति दिएको हो ।

३ बर्ष अगाडी

कक्षा १२ को परीक्षा आजदेखि सुरु

news

गत वैशाखमा हुन नसकेको परीक्षा आज बिहान ८ बजेबाट सुरु भएको छ । परीक्षा साढे एक घण्टाको हुने छ । बोर्डले यस पटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने छ ।

३ बर्ष अगाडी

शिक्षक सेवा आयोगको अध्यक्ष पदका लागि ४ जनाको आवेदन

news

आयोगको अध्यक्ष नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त अर्थात् सचिवबाट अवकाश भएको व्यक्ति हुन सक्ने व्यवस्था छ । स्रोतका अनुसार सेवाबाट सचिव भएका लक्ष्मीराम पौडेल, पूर्व शिक्षा सचिव समेत रहेका कानुन सेवाका मधु रेग्मी, कानुन सेवाकै खगराज पौडेल र प्रशासन सेवाबाट अवकाश भएका विनोद केसीले अध्यक्ष पदका लागि दरखास्त दिएका छन् ।

३ बर्ष अगाडी

स्नातक तहको शैक्षिक सत्र खेर नजाने

news

काठमाडौँ, मङ्सिर ४ गते । कोरोनाका कारण गत वैशाखमा स्थगित त्रिभुवन विश्वविद्यालयको स्नातक तहमा अध्ययनरत एक लाखभन्दा बढी विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी व्यवस्थापन गरिने भएको छ । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा र नतिजा प्रकाशनको आन्तरिक तयारी मिलाइएको जानकारी विश्वविद्यालयले दिएको छ ।

३ बर्ष अगाडी

प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’, झापाको कचनकवल र कमल गाउँपालिकामा कार्यक्रम शुरु गर्ने तयारी

news

विराटनगर, ३ मंसिर । प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ शुरु गरिने भएको छ । कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाईन कक्षामा पनि थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि टेलिफोनबाट सिकाउने कार्यक्रम शुरु गर्ने तयारी गरिएको हो ।  

३ बर्ष अगाडी

कक्षा १२ को आन्तरिक मूल्याङ्कनको अंक मंसिर ८ भित्र पठाउनुपर्ने

news

राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को विध्यालयले आन्तरिक मूल्याङ्कनको प्राप्ताङ्क मंसिर ८ भित्र पठाउन निर्देशन दिएको छ।

३ बर्ष अगाडी

तिहार लगत्तै त्रिविका परीक्षा, यस्तो छ तयारी

news

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले तिहार लगत्तै स्थगित परीक्षा धमाधम सञ्चालन गर्ने भएको छ ।कोरोना भाइरस (कोभिड–१९) का कारण गत चैत महिनामा स्थगित भएका स्नातक तथा स्नातकोत्तर तहको परीक्षा तिहार लगत्तै सञ्चालन गरिने जानकारी विश्वविद्यालयले दिएको छ ।

३ बर्ष अगाडी

दक्ष शिक्षक पाउन कठिन

news

काठमाडौँ, कात्तिक २० गते । यसै शैक्षिक सत्रबाट कक्षा ११ मा अनिवार्य विषयका रूपमा लागू गरिएको सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा पठनपाठन गराउन समस्या भएको गुनासो आउन थालेको छ । नयाँ पाठ्यक्रम लागू गरिए पनि शिक्षकले तालिम पाउन नसकेको, पुस्तक अभाव रहेको तथा सामाजिक अध्ययनमा दक्ष शिक्षकको समेत अभाव हुने स्थिति देखिएपछि गुुनासो बढ्न थालेको छ ।

३ बर्ष अगाडी